आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको दिवाकर स्मृति मा.वि.द्वारा १० कठ्ठा जमिन खरिद, ८ कोठे नयाँ विद्यालय भवन निर्माण हुँदै

  • A
  • A+
  • A++

चितवन । दिवाकर स्मृति माध्यमिक विद्यालयले १० कठ्ठा जमिन खरिद गरी नयाँ विद्यालय भवन निर्माण अगाडि बढाएको छ ।

विज्ञापन १

माडी-५, रमाइलोडाँडास्थित विद्यालयको ब्लक ‘ए’ मा नयाँ ८ कोठे भवन निर्माणका लागि विद्यालयले ६५ लाख रुपैंयाको लागतमा १० कठ्ठा जमिन खरिद गरेको हो । विद्यालयसंग जोडिएको उत्तरतर्फको जमीन खरिद गरी संघीय सरकारको सहयोगमा नयाँ भवन निर्माण जारी रहेको हो ।

विज्ञापन २

खरिद कबोल रकममध्ये ५५ लाख रुपैंया साउन ३ गते बुझाइएको र बाँकी १० लाख रुपैंया यसै साउन महिनाभित्रै भुक्तानी गरी जमीनको रजिस्ट्रेशन पास लिइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।

विज्ञापन ३

विद्यालयमा विद्यार्थी संख्या बढ्दै जाँदा भौतिक संरचनाको अभावका कारण नयाँ विद्यालय भवन निर्माणका लागि जमीन खरिद गरिएको विद्यालयका प्रधानाध्यापक राजु अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया