शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

देश-प्रदेश खबर पोष्ट

वनमन्त्री यादवद्वारा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनाको ई.आई.ए. प्रस्ताव पेश गर्न निर्देशन

  • A
  • A+
  • A++

०७ श्रावण, चितवन । संघीय वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्जभित्र तथा माडीमा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनामा ई.आई.ए. अध्ययन प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको छ ।

विज्ञापन १

मन्त्री यादवले हुलाकी सडक विभागका महानिर्देशक धर्मेन्द्र कुमार झालाई निकुञ्जभित्र धुलोरहित बाटो, माडीको हुलाकी सडक, पुलहरु तथा राप्ती नदीको ध्रुबघाटमा नयाँ पुल निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.)को एउटै एकीकृत प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको हो ।

विज्ञापन २

प्राप्त ई.आई.ए. प्रस्ताव एक साताभित्रै स्वीकृत गरिने निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बताउनुभयो । निकुञ्जभित्र बैंकल्पिक भूमिगत बिद्युत केबुल बिछ्याउन भने पुरक ई.आई.ए. लाई नै सदर गरिने उहाँको भनाई थियो ।

विज्ञापन ३

चितवन राष्ट्रिय निकुञ्जभित्र प्रस्तावित धुलोरहित सडक, बैंकल्पिक भूमिगत केबुल र पूर्वी माडीको हुलाकी सडकको स्थलगत अवलोकनका लागि वन मन्त्री यादव सम्मिलित टोली माडी आउने क्रममा निकुञ्जभित्र भएको कुराकानीका क्रममा मन्त्री यादवबाट सो निर्देशन भएको हो ।

तपाईको प्रतिक्रिया