मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

पर्यटन खबर पोष्ट

माडीको पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण

  • A
  • A+
  • A++

७ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासस्थित पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण भएको छ ।

विज्ञापन १

वाटीकाको मुख्य आकर्षणका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठ र नेकपा (एमाले)का तात्कालीन महासचिव भण्डारीको अर्धकदको शालिक एमालेका पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला ईन्चार्ज देवीप्रसाद ज्ञवालीले अनावरण गर्नुभयो ।

विज्ञापन २

नेकपाका संस्थापक महासचिव श्रेष्ठको ४४औं स्मृति दिवसका अवसर पारी पुष्पमदन स्मृति वाटीका व्यवस्थापन समितिको आयोजनामा बाटिका परिसरमा सम्पन्न एक संक्षिप्त कार्यक्रमबिच दुबै शालिक अनावरण भएको हो ।

विज्ञापन ३

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता ज्ञावलीले २०५० साल जेठ १७ गते आफै सहभागी भएर मदन भण्डारीको अस्तु विसर्जन गरी समीको रुख रोपेको माडी-६, लक्ष्मीनिवासस्थित सो स्थानमा नै शालिक अनावरण गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनुभयो ।

माडीको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा भ्युटावर, पिकनिक स्पट र सामुदायिक होमस्टे समेत रहेको सो बाटिकामा वागमती प्रदेश सरकारसंगै माडी नगरपालिकाको सहयोगमा दिवंगत कम्युनिष्ट नेताद्वयको शालिक स्थापना गरिएको समितिका सचिव हर्क बहादुर चापागाईंले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया