माडी (स्थानीय) खबर पोष्ट

माडी ६ वडा कार्यालयले सुत्केरी र शिशु स्याहारका लागि रू. ५ हजार अनुदान उपलब्ध गराउन सुरु

चितवन । माडी नगरपालिका ६ नं. वडा कार्यालयले सुत्केरी भएका वडाबासी आमा र उनको शिशुको स्याहारका लागि ५ हजार रुपैंया अनुदान उपलब्ध गराउन सुरु गरेको छ ।

वडाध्यक्ष दीपेन्द्रराज पौडेलले पदभार ग्रहणका क्रममा बोल्दै वडाबासी विपन्न वर्गका सुत्केरी र नवजात शिशु स्याहारका लागि रु ५ हजार अनुदान स्वरूप दिने पहिलो घोषणा गर्नुभएको थियो । सोही घोषणा बमोजिम वडाको बैठकले चालू आर्थिक बर्षको पहिलो दिन श्रावण १ देखि सुत्केरी र शिशु स्याहार अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

दोहोरो सुबिधा नहुनेगरी वडाबासी बिपन्न आमाहरु माडीभित्र वा बाहिर जुनसुकै स्वास्थ्य संस्थामा प्रसुती भएपनि सो अनुदान पाउने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार