माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम बढाएको छ ।
विज्ञापन १
चितवन जिल्ला अदालतबाट विभिन्न मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागी अदालतमा उपस्थित गराउने क्रम जारी रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख सन्तोष खड्काले बताउनुभयो ।
विज्ञापन २
यस क्रममा गत असारमा १५ जना र साउन पहिलो साता ५ जना गरी २० जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनका लागि भरतपुर पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
विज्ञापन ३
चितवन प्रहरीले साउनमा माडी १ का अग्निदेव महतो, संजय महतो र सुमन बोटे तथा माडी ९ का मिन बहादुर सिंतान र सन्त बहादुर भुजेललाई साउन ९ गते अदालतमा उपस्थित गराएको हो ।