१२ श्रावण, चितवन । माडीमा निरन्तर सञ्चालनमा रहेका खेल स्पर्धाहरुमध्ये सर्बाधिक पुरानो फुटबल प्रतियोगिताको रुपमा परिचित स्टार कपको २७औं संस्करणको तयारी सुरु भएको छ ।
विज्ञापन १
यसबर्ष चितवन जिल्ला स्तरीय प्रतियोगिताका रुपमा २७ औं स्टार कप सञ्चालन गर्न लागिएको आयोजक स्टार स्पोर्टस् क्लब, बरुवाले जनाएको हो । स्टार कप फुटबल माडीको बरुवास्थित चितई खोला किनारको स्टार खेल मैदानमा सञ्चालन हुनेगरेको छ ।
विज्ञापन २
हरेक बर्ष तीज देखि जितीया पर्वको समय र अवसर पारी स्टार कप फुटबल सञ्चालन हुनेगरेको छ । गतबर्ष भने कोरोनाका कारण ढिलागरी दशैं पर्वको समयमा सो प्रतियोगिता सञ्चालन भएको थियो । (फाइल फोटो)
विज्ञापन ३