चितवन । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ ।
बुधबार मन्त्रीस्तरको निणर्यबाट ४ हजार ८ सय ३० मिटर लामो भूमिगत विद्युत लाइन जडान गर्न अनुमति दिई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरेको हो ।
पत्रमा नेपाल विद्युत प्राधिकरणका हाल भइरहेको १३२ केभी विद्युत प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्नेगरि ३३ केभीको अन्डरग्राउण्ड प्रसारण लाइन विस्तार गर्नुपर्ने उल्लेख छ ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले ३३ केभीको विद्युत लाइन विस्तारपछि पर्सा बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने बताउनुभयो ।
यता, चितवनमा भने चनौली जगतपुर माडी ३३ के.भी. प्रशारण लाइन अन्तरगत चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउने परियोजना कागजी प्रक्रियामै अल्झेको छ ।