आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माओवादी केन्द्र निकट ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल

  • A
  • A+
  • A++

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल चुनिनुभएको छ ।

विज्ञापन १

माडी क्याम्पस, बसन्तपुरको सभाहलमा शनिवार सम्पन्न प्रथम नगर भेलाबाट बस्यालको अध्यक्षतामा २९ सदस्यीय नगर कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा क्षेत्र प्रसाद देवकोटा, अनुप तिवारी र प्रमिला महतो रहनुभएको छ ।

विज्ञापन २

त्यस्तै, सचिवमा डा. कृष्ण महतो तथा सहसचिवहरुमा चीरञ्जीवि तिवारी, मणिराम परियार र कौशिला सुवेदी रहनुभएको छ । समितिको कोषाध्यक्षमा टिकाराम पौडेल तथा सदस्यहरुमा तुल बहादुर नेपाली, वीरेन्द्र महतो, छबि पौडेल, मोती अधिकारी, लेखराम महतो, रामु पौडेल, डिल्लिराम पौडेल, ओमप्रकश महतो लगायत रहनुभएको छ ।

विज्ञापन ३

त्यसैगरी, भेलाले सङगठनका निवर्तमान अध्यक्ष देव नारायण शाहको संयोजकत्वमा आइतराम बोट, सुरेश बहादुर थापा, माधव सुवेदी र गोबिन्द दवाडी सम्मिलित सल्लाहकार समिति समेत चयन गरेको छ । भेलामा सो सङ्गठन तथा नेकपा माओवादी केन्द्रका नगर, जिल्ला एवं केन्द्रीय नेताहरु एवं पार्टी सम्बद्ध बुद्धिजीवी पेशाकर्मीहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया