चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु

231
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु भएको छ ।

निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी सफा गर्न अनुमती दिएको थियो । सोहीअनुरुप बनकट्टा गाउँका करीब ३० जनाको समूहले हाते औजारको प्रयोग गरी बनकट्टाबाट झाडी सफा गर्न सुरु गरेका हुन् ।

झाडी फाँड्न माडी नगरपालिकाबाट ३ लाख रुपैंया र निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिबाट २ लाख रुपैंया व्यवस्थापन गरेको पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जानकारी दिनुभयो । अध्यक्ष सापकोटा र माडीका नगर उपप्रमुख खेम प्रसाद महतोबाट मजदुरहरुलाई हाते औजार हस्तान्तरण गरी झाडी सफाई सुरु भएको हो ।

SwadeshPost