माडी नगरपालिकाद्वारा स्वयम्-सेवक शिक्षक रोष्टरमा सुचिकरणका निम्ति आवेदन आह्वान

369
SwadeshPost

चितवन । माडी नगरपालिकाले स्वयम्-सेवक शिक्षकका रुपमा शिक्षण सेवा गर्न ईच्छुकहरुलाई सुचिकरणका निम्ति आवेदन आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल हस्ताक्षरित वक्तव्यमा स्वयम्-सेवक शिक्षकको रोष्टर सूचिमा समावेश हुन चाहनेहरुबाट निवेदन मागिएको हो । नगर शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसार स्वयम्-सेवक शिक्षक एवं प्रारम्भीक बालविकास सहजकर्ताहरु खटाउने गरेको छ ।

स्वयम्-सेवक शिक्षक व्यवस्थापन कार्यबिधी २०७७ बमोजिम कक्षा ४ देखि ८ सम्म अध्यापन गर्ने स्वयम्-सेवक शिक्षकलाई मासिक १५ हजार र कक्षा ९ र १० मा अध्यापन गर्ने स्वयम्-सेवक शिक्षकलाई मासिक २० हजार रुपैंया निर्वाह खर्च दिने व्यवस्था रहेको छ । (फाइल फोटो)

SwadeshPost