

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

माडीबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ३ ०१ ०२३च. ५९७७ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको हो । निकुञ्जभित्र सुबिधाप्राप्त बाटोमा भएको सो दुर्घटनामा चालक भरतपुर महानगरपालिका-६, चोकबजार बस्ने ३१ बर्षका दिवस तिवारी र कारमा सवार बर्ष ५५का गुणराज तिवारी घाइते हुनुभएको छ।

घाइतेद्वयको उपचारका लागि भरतपुर पठाइएको र दुर्घटनाग्रस्त कार सवारी धनी आफैले मर्मतका लागि तानेर लगेको माडी प्रहरीले जनाएको छ ।
