माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ ।
विभिन्न रोटरी क्लबहरुको सहयोगमा रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी नगरपालिका वडा नं. २, ३, ४, ६ र ७ का अपाङ्गा भएका ९ जनालाई घरमै पुगी ह्वीलचेयर प्रदान गरेको हो । यसअघि सो क्लबले भरतपुर महानगरपालिका क्षेत्रमा १५ वटा ह्वीलचेयर वितरण गरेको थियो ।
ह्वीलचेयर वितरण कार्यक्रममा क्लबका अध्यक्ष स्वेता उपाध्याय, कार्यक्रम संयोजक भुपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष अनिल थपलिया, रोटरियनहरू आशिष भण्डारी, ईञ्जिनियर बिराट घिमिरे, प्रमेश्वर भण्डारी, आर.सि.पिया, अर्पणा प्रधान, अशोक श्रेष्ठ, प्रकाश पौडेल, वडाध्यक्ष चन्द्रा बानियाँ, रेडक्रसकर्मी भागिरथ बस्याल लगायतको उपस्थिति रहेको थियो ।
खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा सेवामूलक काम गर्दै आएको सो रोटरी क्लबले माडीका बिपन्न सुकुम्बासी बस्तीहरुमा १० वटा शौचालय निर्माण गर्ने योजना समेत सार्वजनिक गरेको कार्यक्रमका सह-संयोजक रहनुभएका माडीका युवा नेता रोटरियन रामचन्द्र लम्सालले जानकारी दिनुभयो ।