युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने

523
SwadeshPost

२८ श्रावण, युएई । युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने भएको छ ।

कार्यक्रम आगामी अगष्ट २१ मा युएईको दुबई स्थित वर्ल्ड ट्रेड सेन्टर स्थित शेख राशिद हलमा हुनेछ । कार्यक्रममा नेपालबाट महानायक राजेश हमालसहितको टोली सहभागी हुने आयोजक ड्रिम हाई नेपालले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा चर्चित नायिका केकि अधिकारी ,स्वस्तिमा खड्का, स्ट्याण्ड अप कमेडियन सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेन्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अन्जली अधिकारी र नायिका तिरिया मगरको प्रस्तुति रहनेछ ।

नेपालमा विदेशी पर्यटक भित्राउने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खाँडीमा कार्यरत एक जना नेपालीले दुई जना बिदेशी पर्यटन भित्राउने आयोजकको उद्धेश्य छ । दर्शकहरुको सुविधाको लागि युएईको सातै राज्यबाट नि:शुल्क यातायात सेवा उपलब्ध गराइने कलाकार हरि डाँगीले बताए । कार्यक्रम ब्लु चिप ग्रुप अफ कम्पनिको सहकार्यमा हुन लागेको हो ।

SwadeshPost