मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

खेल र खेलाडी पोष्ट

चितवनका जिमहाउस सञ्चालकहरुको जिल्लास्तरीय भेलाले चितवन शारीरिक सुगठन संगठन गठन

  • A
  • A+
  • A++

चितवन । चितवनका जिमहाउस सञ्चालकहरुको जिल्लास्तरीय भेलाले चितवन शारीरिक सुगठन संगठन गठन गरेको छ ।

विज्ञापन १

भेलाले चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

विज्ञापन २

संगठनको प्रथम उपाध्यक्षमा श्रेष्ठ जिम टाँडीका इन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा पावर हाउस जिम नारायणगढका आनन्द गुरुङ्ग, सचिवमा द फिटफेशन जिम गैंडाकोटका चन्दन विश्वकर्मा, कोषाध्यक्षमा रोयल जिम हाउसका सन्तोष लामा रहनुभएको छ ।

विज्ञापन ३

त्यस्तै, सदस्यहरुमा रिभाइल जिमका सुरज लामा, माडी जिमका निर्मल लामिछाने, मेघौली जिमका चन्द्र श्रेष्ठ, चनौली जिमका अनिल कुमार श्रेष्ठ, क्लव डि ईरुकेका निरन्जन पन्त, गोल्ड जिम पर्साका कुबेन्द्र गुरुङ्ग र ओम फिटनेशका राजकुमार श्रेष्ठ रहनुभएको छ ।

भेलाले राकेशमान श्रेष्ठ, श्याम न्यौपाने र सुरेश गुरुङ्ग सम्मिलित सल्लाहकार समिति समेत चयन गरेको छ । नवगठित समितिले चितवन र आसपासमा रहेका जिम सञ्चालकहरुका मुद्धाहरु उठान गर्दै संगठनको हितमा अघि बढ्ने अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

तपाईको प्रतिक्रिया