चितवन । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार पार्टीको माडी नगर कमिटिले संगठन सुद्धिकरण र सुदृढिकरण अभियान चलाएको छ ।
पार्टीका वडा, नगर एवं जिल्लास्तरका नेताहरुको सहभागितामा माडीभर श्रावण मध्यदेखि अभियान जारी रहेको सो पार्टीका नगर अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो ।
अभियानका क्रममा पार्टी सदस्यता नवीकरण गर्ने, नयाँ पार्टी सदस्य फर्म भर्ने, पार्टी प्रवेशलाई व्यवस्थित बनाउने, पार्टीको टोल कमिटी र जनसंगठनहरुलाई व्यवस्थित बनाउने, वडास्तरीय प्रशिक्षण सञ्चालन आदि भइरहेको र टोल कमिटिहरु गठन गरिएको अध्यक्ष अधिकारीले जनाउनुभयो ।
एमालेले पार्टीभित्र अवसरवाद, अराजकता, दण्डहिनता, अनुसाशनहीनता लगायतका कुराले जरो गाडेको भन्दै त्यसको सुद्धिकरण तथा आउँदो निर्वाचनमा जित हासिल गर्न जनपरिचालन गर्ने उद्देश्यले देशव्यापी रुपमा डेढ महिने अभियान चलाइरहेको हो ।