चितवन । माडी नगरपालिकाका ९ वटै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन भएका छन् ।
विज्ञापन १
विपद् व्यबवस्थापन ऐन २०७४ अनुसार माडी नगरपालिकाको समन्वय तथा जापानिज राजदुतावास र शाप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था-आरआरएनले तीन साताको अवधीमा माडीका ९ वटै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन गरेको हो ।
विज्ञापन 2
नयाँ जनप्रतिनिधीहरुको पदस्थापन पश्चात वडाहरुमा गत बर्ष निर्माण भएको स्थानिय विपद तथा जलवायु उत्थानशिल, पुर्व तयारी र प्रतिकार्य योजना परिमार्जन गरी वडास्तरिय समितिहरुको पुनर्गठन गरिएको परियोजना संयोजक रविन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।