चितवन । नेकपा एमालेले आउँदो भदौ ५ गते पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माडी नगर स्तरीय प्रशिक्षण दिने भएको छ ।
नेकपा एमाले माडी नगर कमिटिको बुधबार सम्पन्न बैठकले संगठन शुद्धिकरण र सुदृढिकरण अभियान अन्तरगत सो प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका माडी नगर सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला कमिटि, नगर कमिटि, जिल्ला सल्लाहकार, वडा समिति, टोल कमिटिका अध्यक्ष र सचिव, जनवर्गिय र भातृ संगठनका पदाधिकारी र पूर्व जिल्ल कमिटि सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।
एमालेले सोही प्रकृतिको भरतपुर महानगर स्तरीय प्रशिक्षण भदौ ४ गते भने सञ्चालन गर्दैछ । सो कार्यक्रममा समेत केन्द्रीय सचिव रायमाझी मुख्य वक्ता रहनुहुने जनाइएको छ ।