चितवन । सीमा सुरक्षा, बिपद् जोखिम न्यूनिकरण एवं समाजमा शान्ति अमनचयन कायम गर्नका लागि माडीभित्र स्थापित ६ वटै शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका प्रमुखहरु बदलिएका छन् ।
माडीको हनुमानझुलादेखि बाल्मीकि आश्रमसम्म रहेका ६ वटै शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बि.ओ.पी.) का कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षकहरुको एकैसाथ गत साउन १७ गते सरुवा भएको हो ।
बाल्मीमि आश्रमस्थित बि.ओ.पी.मा सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र महर्जनको स्थानमा सुनिल पाण्डे, भंगता बि.ओ.पी.मा पूणर्खर गौतमको स्थानमा ज्ञान बहादुर थापा र कल्याणपुर बि.ओ.पी.मा आन बहादुर गुरुङको स्थानमा भोला श्रेष्ठ सरुवा भई आउनुभएको छ ।
त्यस्तै, बि.ओ.पी. छरछरेमा बेल बहादुर गुरुङको सरुवा भई विकास खतिवडा, बि.ओ.पी. कान्छी बगहीँमा बिपिन खनालको स्थानमा राजेश श्रेष्ठ र बि.ओ.पी. बाँदरझुलामा गोबिन्द खड्काको स्थानमा दशरथ अधिकारी आउनुभएको सशस्त्र प्रहरी बल श्रोतले जनाएको छ ।