चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग व्यापार महासंघको माडी नगर अध्यक्षमा हिराबहादुर थापा (केशव) चयन हुनुभएको छ ।
महासंघको माडी नगरस्तरीय भेला एवं अधिवेशनले थापाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको नगर उपाध्यक्षमा बल बहादुर परियार र सचिवमा विनोद सुवेदी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा युवराज रेग्मी, उद्धव थापा, गोविन्द दवाडी, रमेश श्रेष्ठ, देवी भूर्तेल, रमेश नेपाली, भीम महतो, गोविन्द काफ्ले, केशव तिवारी, लोक प्रसाद काफ्ले, अशोक महतो, इन्द्र कुँवर, तारा गौतम, प्रेम सुनार, सिमान्त पाठक, डिल्लिराम आचार्य र खड्क बहादुर क्षेत्री रहनुभएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय, जिल्ला एवं माडी नगरस्तरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । महासंघले माडी क्षेत्रका उद्योगी व्यवसायीहरुको हकहीतका लागि विभिन्न कार्य गर्ने अध्यक्ष थापाले बताउनुभयो ।