माडी (स्थानीय) खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँडियो

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँडेर सकिएको छ ।

निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी सफा गर्न अनुमती दिएको थियो । सोहीअनुरुप बनकट्टा गाउँका करीब ४० जनाको समूहले दुई साताको अवधीमा हाते औजारको प्रयोग गरी बनकट्टाबाट झाडी सफा गरेका हुन् ।

झाडी फाँड्न माडी नगरपालिकाबाट ३ लाख रुपैंया र बाँकी निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिबाट बजेट व्यवस्थापन गरेको पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जानकारी दिनुभयो । बाटोको दुबैतर्फ झाडी सफाई गरिएसंगै सवारी साधन सञ्चालनमा केहि सहजता भएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार