आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन

  • A
  • A+
  • A++

चितवन । आदिवासी थारु बाहुल्य माडी नगरको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन हुनुभएको छ ।

विज्ञापन १

थारु संग्रहालयलाई हालको अवस्थाबाट अगाडि बढाउन थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको पहलमा महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

विज्ञापन २

समितिको उपाध्यक्षमा रामपति गुरौ, सचिवमा चन्द्रिका महतो र कोषाध्यक्षमा प्रमिला महतो रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा डिल्लिराम महतो, टुमराज महतो, मधुराम महतो, छन्नुराम महतो, शिवरात्री महतो, गोविन्द चौधरी र फूलकुमारी महतो रहनुभएको छ ।

विज्ञापन ३

शनिवार माडीका नगर उपप्रमुख खेमप्रसाद महतोले उद्घाटन गर्नुभएको संग्रहालयको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमिति चयन भएपश्चात नगरप्रमुख ताराकुमारी काजी महतोले संग्रहालय अनुगमन गर्नुभएको थियो ।

यसैबिच, संग्रहालय परिसर वरपर झाडी सफाई भएको छ । स्वदेश एफ.एम.ले संग्रहालको असरल्ल अवस्थाको समाचार प्रकाशन प्रशारण गरेसंगै गत बुधबार संग्रहालय परिसर सरसफाई भएको हो ।

तपाईको प्रतिक्रिया