मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

शिलान्यासको आधा दशक सकिँदा समेत माडीको आदिवासी जनजाती भवनको निर्माण अधुरै

  • A
  • A+
  • A++

चितवन । शिलान्यासको आधा दशक सकिँदा समेत माडीको बघौंडास्थित आदिवासी जनजाती भवनको निर्माण अधुरै रहेको छ ।

विज्ञापन १

करीब ५ बर्षअघि तात्कालीन नगरप्रमुख ठाकुर प्रसाद ढकालबाट शिलान्यास भई निर्माण सुरु भएयता पटक पटक गरी एक करोड रुपैंयाभन्दा धेरै खर्च भइसकेको भवन अझै अधुरै रहेको हो ।

विज्ञापन २

भवनको कम्पाउण्डिङ कार्य पुरा भएपनि झ्यालढोका र भवनको भित्री संरचना निर्माण र व्यवस्थापन बाँकी रहेको छ । गोलघर मोडेलबाट विभिन्न जातीय समूहको साँस्कृतिक पहिचान प्रदर्शन समेत हुने डिजाइनबाट निर्माण अगाडि बढेको सो भवन भित्र र बाहिर झाडी फैलिएको छ ।

विज्ञापन ३

लामो समयसम्म निर्माणले पूणर्ता नपाउँदा आदिवासी जनजाती नगर समन्वय परिषद् अन्तरगतका दर्जनौं जातजातीहरुले कार्यालय सञ्चालन गर्न सकेका छैनन् । चालू आर्थिक बर्षको बजेटबाट अधुरो भवन निर्माण अगाडि बढाउने परिषद्को योजना रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया