

चितवन । माडीको हरिनगर नजिक सिमलमचानको काँसघारीमा एक बृद्धको शव भेटिएको छ ।

माडी नगरपालिका-६, हरिनगरको उत्तरतर्फ रीउ नदीको पारीपट्टी चितवन राष्ट्रिय नजिकै काँसघारीमा माडी-३, सिमरा निवासी अन्दाजी बर्ष ७५ का झपरु महतोको शव भेटिएको हो ।

शव भेटिएको खबर पाएसंगै ईलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काको कमाण्डमा प्रहरी टोली खटिइ शवको मुचुल्का संकलन गरेको छ ।

यो समाचार तयार पार्दासम्म, शव भेटिएको स्थानबाट बोकेर करीब १.५ किलोमिटर उत्तरतर्फ ल्याई पोष्टमार्टमका लागि भरतपुर पठाउन लागिएको प्रहरी निरीक्षक खड्काले जनाउनुभयो ।