चितवन । माडीका नगर उपप्रमुख खेमप्रसाद महतोले आफ्नो कार्यकालमा बेरुजु शुन्य बनाउन विशेष भूमिका निभाउने बताउनुभएको छ ।
विज्ञापन १
स्वदेश एफ.एम.संग कुराकानी गर्दै नगर उपप्रमुख महतोले विगतमा चितवनकै उच्च बेरुजु भएको पालिका बन्नु परेको भएपनि आउँदा दिनमा नगर उपप्रमुखका रुपमा आफूले हरेक योजनाहरुको अनुगमनमा विशेष ध्यान दिई बेरुजु घटाउँदै लैजाने बताउनुभएको हो ।
विज्ञापन 2
आउँदो एक साताभित्र नगरपालिकाको बजेट पुस्तिका प्रकाशित भइसक्ने र त्यसपछि नयाँ आर्थिक बर्षका योजना एवं कार्यक्रमहरु तीब्र रुपमा सञ्चालन सुरु हुने उहाँको भनाई छ । आफ्नो चुनाबी प्रतिवद्धता बमोजिम माडीमा खानेपानी र सिंचाईको कार्यक्रमहरु आउने क्रममा रहेको उहाँले बताउनुभयो ।