चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाई.सि.एल.)को केन्द्रीय कोषाध्यक्षमा माडीका युवा नेता सन्तोष पनेरु चयन हुनुभएको छ ।
विज्ञापन १
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
वाई.सि.एल.को दोश्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सिर्पाली र महासचिवमा गणेश शाही रहनुभएको नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैगर्दा कोषाध्यक्षमा पनेरुलाई जिम्मेवारी मिलेको हो ।
विज्ञापन २
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
भेलाले केन्द्रीय समिति सदस्यहरुमा चितवन जिल्लाबाट साजन अधिकारी, रामु गोदार, अविरल पोख्रेल, किरण सुनार, बिजय सिंह र प्रजित रुवाली चयन हुनुभएको छ ।
विज्ञापन ३
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)
‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नाराका काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुक्रबारदेखि दुई दिनसम्म वाई.सि.एल. नेपालको दोश्रो राष्ट्रिय भेला सञ्चालन भएको हो ।