माडी चितवन । प्राविधिक धारतर्फ डिप्लोमा तहको शिक्षा प्रदान गरिरहेको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले भर्ना प्रकृयामा पुन: म्याद थप गरी प्रवेश योग्यतामा संशोधन गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.ई.भि.टी.) को आंगिक तथा बागमती प्रदेशकै नमुना शिक्षालय माडी-६, हरिनगर स्थित सो शिक्षालयले डिप्लोमा तहमा कृषि (पशुविज्ञान), सिभिल ईञ्जिनियरिङ्ग र फार्मेसी बिषयहरुमा नयाँ भर्नाको म्याद भाद्र १२ गते सम्म पुन: म्याद थप गरेको हो ।
फार्मेसी बिषयमा फाराम भर्न हुन न्यूनतम २ जीपीए र सिभिल ईञ्जिनियरिङ र पशु विज्ञानमा न्यूनतम १.६ जीपीए भए पुग्ने गरी प्रवेश योग्यतामा संशोधन भएको हो ।
सिभिल ईञ्जिनियरिङमा ४८ र अन्य बिषयहरुमा ४०-४० जनाको कोटामा भर्ना खुला गरिएको सो शिक्षालयमा हाल ३२ जिल्लाका कुल ४५३ जना प्रशिक्षार्थीहरु अध्ययनरत छन् ।
माडी नगरपालिका कोटामा फाराम भर्नेको लागि ३ वटै विषयमा ५०% शुल्क छुटको विशेष ब्यवस्था रहेको र प्रवेश परिक्षा भाद्र १७ गते शुक्रवार ३ बजे हुने शिक्षालयले जनाएको छ ।