सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

माडी (स्थानीय) खबर पोष्ट

सुरूवाती १०० दिन अवरुद्ध कामहरु सुचारु गराउने पहलमा व्यस्त : नगरप्रमुख महतो

  • A
  • A+
  • A++

चितवन । कार्यभार सुरु गरेको १०० दिनसम्म माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नगर विकासका अवरुद्ध कामहरु सुचारु गराउने पहलमा व्यस्त रहनुभएको छ ।

विज्ञापन १

स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख महतोले निर्वाचित भएयता २ पटकसम्म प्रधानमन्त्रीस्तरसम्मै महत्वपू्र्ण डेलिगेशन सहितको पहलकदमी लिएको र त्यसको नतिजा देखिने क्रममा रहेको बताउनुभयो ।

विज्ञापन २

यसबिचमा, अवरुद्ध हुलाकी बाटो, निकुञ्जभित्रको बाटो र बिजुली सम्बन्धी अवरुद्ध कामहरुको निरन्तरताको पहलस्वरुप प्रधानमन्त्री, एमाले र माओवादी केन्द्रका अध्यक्ष, विभागिय मन्त्रीहरु एवं उच्च सरकारी अधिकारीहरुसंग निरन्तर भेट, परामर्श र समन्वयमा रहेको उहाँले बताउनुभयो ।

विज्ञापन ३

यसबाहेक बघौंडा अस्पतालमा महिलाहरुलाई टिकट निःशुल्क गर्ने, वडा कार्यालयहरुबाटै राजस्व संकलन सुरु गर्ने र माडीबाट ठोरी जान कुसुमखोलाबाट प्याउली हुँदै हनुमानझुला निक्लने बाटो कायम गर्न निकुञ्जसंग सहमती कायम गरेको लगायतका उल्लेखनीय काम भएको उहाँको भनाई छ । नगरपालिकाको नयाँ बजेट पुस्तिकाको योजना र कार्यक्रमहरु भने सुरु हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया