चितवन । नगर उपप्रमुखका रुपमा कार्यभार सुरु गरेको १०० दिनको अवधीमा माडीका नगर उपप्रमुख खेम प्रसाद महतो सिकाईसंगै योजना अगुगमन एवं डेलिगेशनमा व्यस्त रहनुभएको छ ।
यस अवधीमा आ.व. २०७९/८० को बजेट निर्माण, आदिवासी जनजाति कार्यक्रम र थारु संग्रहालयलाई अगाडि बढाउने पहल, प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरुसंग डेलिगेशन (भेट सम्वाद) गरी नयाँ योजनाहरुको माग एवं अवरुद्ध योजनाहरु सुचारु गराउने पहल, निकुञ्जभित्र बाटो वरपरको झाडी सफा गर्ने पहल आदि गरेको उहाँको भनाई छ ।
आफ्नो कार्यकालको सुरुवाती केहि दिन शुभकामना ग्रहणमै बितेको भएपनि अबका दिनहरुमा योजनाहरुको प्रभावकारी अनुगमन र शुन्य बेरुजु बनाउन विशेष पहल रहने उहाँले बताउनुभयो । नगरसभाले पारित गरेको (चालू) बर्षको बजेट र योजना तथा कार्यक्रमहरु भने अझै सुरु भएको छैन ।