मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी ७ की वडाध्यक्षको सुरुवाती १०० दिन : नियमित कामसंगै वडाका विकासे कामहरुमा सहभागी

  • A
  • A+
  • A++

चितवन । कार्यभार सुरु गरेको १०० दिन सकिँदा माडीका एकमात्र महिला वडाध्यक्ष रहनुभएका माडी ७ का वडाध्यक्ष चन्द्र कुमारी बानियाँ वडाको नियमित कामसंगै वडाका विकासे कामहरुमा सरिक हुनुभएको छ ।

विज्ञापन १

स्वदेशसंगको कुराकानीमा वडाध्यक्ष बानियाँले यसबिचमा आफू निरन्तर जनताको बिचमा पुग्ने, विकास निर्माणको काममा सहजिकरण गर्ने र प्रदेश सरकारबाट वडामा लागि विभिन्न योजनाहरु ल्याउन पहलकदमी उठाएको बताउनुभयो ।

विज्ञापन २

वडाको नियमित कामकाजको सिकाईको क्रममा समेत रहेको बताउँदै उहाँले यसबिचमा जगन्नाथपुरीबाट दिवानगर पुग्ने बाटोका लागि ३५ लाख, मदनचोकदेखि स्याउलीबास जाने सडकका लागि २० लाख र मुरारीचोकबाट कीर्तनपुर गाउँ जाने बाटोको लागि १० लाख रुपैंयाका योजनाहरुको फिल्ड सर्भे गराएको जानकारी दिनुभयो ।

विज्ञापन ३

हाल आफ्नो प्राथमिकता बाटो ग्राभेल, बेस बनेको स्थानमा सडक कालोपत्रे, दिवानगर क्षेत्रमा दोहोरो नाला निर्माण र वन्यजन्तुबाट पीडित क्षेत्रमा सडकबत्ती निर्माणमा रहेको वडाध्यक्ष बानियाँको भनाई छ ।

तपाईको प्रतिक्रिया