चितवन । कार्यकाल सुरु भएपछिको १०० दिन पुरा हुँदा माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल अघिल्ला आर्थिक बर्षका योजनाहरु पुरा गर्न र नयाँ योजनाहरु अगाडि बढाउन तल्लीन रहनुभएको छ ।
यसबिचको अवधीमा अघिल्लो आर्थिक बर्षको ३० लाख रुपैंया बजेटबाट लक्ष्मीनिवास भ्यु टावर वनवाटिका क्षेत्रमा बाल उद्यान निर्माण, टायल लगाउने कार्य, वृक्षारोपण, रंगरोगन आदि गरिएको वडाध्यक्ष पौडेलले जनाउनुभयो ।
त्यस्तै, बाँदरमुढे पार्कमा गेट निर्माण तथा विभिन्न स्थानमा बाटोहरु मर्मत र रोलर लगाउने काम गरिएको, कूलोहरु मर्मत भएको र वडाको आर्थिक, शैक्षिक, जनसांख्यिकी आदि विवरण समेटिएको प्रोफाइल निर्माणको हुँदै गरेको पनि वडाध्यक्ष पौडेलको भनाई छ ।
यसैगरी बेलटाँडी जाने बाटोमा कल्भर्ट निर्माण, शिवराज्यपुरी र लक्ष्मीनिवासमा दुईवटा डीप बोरिङ जडान तथा श्रावणयता भएका हरेक प्रसुतीलाई ५ हजारको दरले रकम उपलब्ध गराउने काम सुरु हुन लागेको उहाँको भनाई छ ।