चितवन । कार्यभार सुरु गरेको १०० दिन पुग्दा माडी ५ का वडाध्यक्ष गणेश घताने वडाको नियमित सेवासंगै तटबन्धन मर्मत र सडक बत्ती जडान कार्यमा सरिक हुनुभएको छ ।
स्वदेशसंग कुराकानी गर्दै वडाध्यक्ष घतानेले चालू (यस) बर्षको बजेट पुस्तिका आउनै बाँकी रहेकाले नयाँ योजनाहरु सुरु भइनसकेपनि १०० दिनको अवधीमा बाटो र तटबन्धन मर्मत एवं रौतने खोलाको ड्याम वरपर वृक्षारोपण एवं सडक बत्ती जडानलाई फोकस गरी काम अगाडि बढाएको बताउनुभयो ।
यस अवधीमा बृद्ध र अशक्तहरुलाई घरमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिँदै वडाध्यक्ष घतानेले ढिकुरबारीमा खानेपानी ट्यांकी निर्माण, बनटोलीमा फलफूल खेती र छरछरे देखि ढिकुरबारीसम्म ५ वटा सिंचाई बोरिङ सञ्चाललनको योजना पनि जनाउनुभयो ।
त्यस्तै टुकी बत्ती बाल्ने बिपन्न ५१ घरमा बिजुलीको निःशुल्क मिटरबक्स जडानको काम पनि सुरु हुनै लागको उहाँको भनाई छ । यसबिचमा, प्रदेश सरकारको सहयोगमा खानेपानीको ट्यांकी र कालोपत्रेको योजना पाइपलाइनमा रहेको उहाँले बताउनुभयो ।