चितवन । वडाध्यक्षका रुपमा १०० दिन बिताउँदा माडी ४ का वडाध्यक्ष माधव चापागाईं वडाभित्र विकास निर्माणको पहल, लबिङ र सेवा प्रवाहमा व्यस्त रहनुभएको छ ।
हालै बिरञ्ची र घोसरीमा बिजुलीको ट्रान्समिटर थप गराउनुभएका वडाध्यक्ष चापागाईंले बागमती प्रदेशका मन्त्री र सांसदसंग पहल गरी २ करोड रुपैंयाका विभिन्न योजना एवं कार्यक्रमहरु ल्याएको बताउनुभयो ।
वडाभित्र आँपे खोलामा कल्भर्ट, एकता स्तम्भ जाने बाटो र लौंगाई पुलबाट सिधुवा जाने बाटो निर्माण, घोसरीमा नदी तटबन्धन, अम्रौलीमा ५० लाख रुपैंया बजेटको मेगा डिप बोरिङ तथा रेडलिह पार्क र एकता स्तम्भमा पर्यटन विकासको कार्यक्रम अगाडि बढेको वडाध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।
यसबाहेक वडाबासी बृद्धबृद्धाहरुलाई घरघरमै स्वास्थ्य सेवा प्रदान, सबैजसो बिपन्न परिवारहरुलाई स्वास्थ्य वीमा र बाटोमा सडक बत्तीको कार्यक्रम समेत अगाडि बढिसकेको उहाँको भनाई छ ।