मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी ३ का वडाध्यक्षको सुरुवाती १०० दिन : सेवा प्रवाहसंगै अधुरा योजनाहरु अगाडि बढाउन सरिक

  • A
  • A+
  • A++

चितवन । पदभार ग्रहणको १०० दिनको अवधीमा माडी ३ का वडाध्यक्ष पुरन महतोले वडा कार्यालयबाट सेवा प्रवाहसंगै अधुरा योजनाहरुको निरन्तरताको काममा सरिक हुनुभएको छ ।

विज्ञापन १

यसबिचको अवधीमा मगोई नदीमा ड्याम निर्माण, रौतनी खोलामा ४४ मिटर जाली र ड्याम निर्माण तथा बैराठ लगायतका स्थानमा ग्राभेल हाल्ने काम भएको वडाध्यक्ष महतोले जनाउनुभयो ।

विज्ञापन २

त्यसैगरी आ.व. २०७९/८० को योजनाहरु अन्तरगत धोबाहामा कजवे, बघौंडा र बसन्तपुरमा नाला निर्माण तथा ईनारबरुवा, रतनी र धोबाहा गाउँमा अधुरा सामुदायिक भवनको निर्माण सम्पन्न गराउने काम अगाडि बढेको उहाँले बताउनुभयो ।

विज्ञापन ३

त्यसैगरी, वडाबासी बिपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमा, वडाभित्रका सबै शैक्षिक संस्थाहरुमा अध्ययनरत बिपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, गुल्मेली टोल र बैराठ क्षेत्रमा कालोपत्रे निर्माण, बघौंडामा कभर्ड हल र रंगशाला निर्माण तथा मंसिरमा निर्माण सकिनेगरी सिमरा जोड्ने झोलुंगे पुल बनाउन सुचारु गराइएको वडाध्यक्ष महतोको भनाई छ ।

तपाईको प्रतिक्रिया