चितवन । वडाध्यक्षका रुपमा कार्यकाल सुरु गरेको सुरुवाती १०० दिनमा माडी १ का वडाध्यक्ष अमित लामा वडाकै कामहरुमा व्यस्त रहनुभएको छ ।
यसबिचमा गर्दी चौतारादेखि सिकारीपुर जाने १० लाख रुपैंयाको बाटो ठेक्का र सिकारीपुरदेखि कल्याणपुर जोड्ने कजवे पुल निर्माणको १० लाख रुपैंयाका दुई योजनाहरु निर्माण सुरु हुन लागेको वडाध्यक्ष लामाले बताउनुभयो ।
त्यस्तै, २ बर्षभन्दा लामो अवधीसम्म अल्झेको सोमेश्वर मा.वि.को व्यवस्थापन समिति गठन, वडाभित्र रहेको गर्दी स्वास्थ्य चौकीमा प्रसुती हुन आउनेलाई पोषण भत्तास्वरुप रु. ३ हजार दिने तथा जटिलता भएमा एम्बुलेन्स निःशुल्क गर्ने काम भएको उहाँले बताउनुभयो ।
त्यस्तै, बिपद् जोखिम न्यूनिकरणका लागि रु. ६ लाख र स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनका लागि रु. ६ लाखबाट काम अगाडि बढेको, सोमेश्वर मा.वि.मा उच्च मा.वि. र माडी क्याम्पसमा स्नातक एवं स्नातकोत्तर पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणको निर्णय भएको वडाध्यक्ष लामाको भनाई छ ।