

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विध्युतिय तार भूमिगत गर्ने योजनाको शिलान्यास गर्नुभएको छ ।

शनिबार भरतपुरमा आयोजित एक कार्यक्रम बिच पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डसंगै नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगबाट सुरुवात भएको सो योजना अन्तरगत भरतपुरको बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण हुनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रचण्डले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभयो । जनताको चाहना विकास र समृद्धि भएको र भूमिगत विध्युतीकरणबाट जनताको सुरक्षा र नगरको सौन्दर्य बढ्ने उहाँको भनाई थियो ।