चितवन । आफ्ना दिवंगत परिवार सदस्यको स्मृतिमा स्थानीय रेडक्रस उपशाखासंग समन्वय गरी माडीको एक परिवारले रक्तदान कार्यक्रम गरेको छ ।
विज्ञापन १
हालै निधन हुनुभएका माडी-२, देवीस्थान, सितलपुरका ज्येष्ठ नागरिक देउकला बस्यालको स्मृतिमा उहाँको परिवारले नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखासंग आयोजकीय सहकार्य गरी रक्तदान सम्पन्न गरेको थियो । कार्यक्रममा ४ जना महिलासहित ३४ जनाले रक्तदान गरेका छन् ।
विज्ञापन 2
रेडक्रस गर्दी उपशाखा सभापति केशव थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी-२ का वडाध्यक्ष दण्डपाणी पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका सहभागीहरूले शोक वा मृत्यु संस्कारलाई यसप्रकार प्रगतिशील रूपान्तरण गर्नु अनुकरणीय रहेको प्रतिक्रिया दिएका थिए ।