मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको खैरहनी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुवास तिवारी चयन

  • A
  • A+
  • A++

चितवन । माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सुवास तिवारी चयन हुनुभएको छ ।

विज्ञापन १

करीब एक साताअघि सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि चुनिएका सदस्यहरुको बैठकले स्थानीय युवा अगुवा एवं व्यवसायी तिवारीलाई अध्यक्ष चयन गरेको हो ।

विज्ञापन २

व्यवस्थापन समिति सदस्यहरुमा चित्रकला रानाभाट, सञ्जु महतो, बालकुमारी भुजेल र माया महतो चुनिनुभएको छ । अध्यक्षमा चयन तिवारीले आफ्नो शैक्षिक योग्यता मध्येको कक्षा ७ सम्मको अध्ययन सोही विद्यालयमा गर्नुभएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया