चितवन । प्रतिनिधी सभाको निर्वाचन अन्तरगत चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस भएको छ ।
विज्ञापन १
पार्टीको ३ नम्बर क्षेत्रीय कमिटिले न्यौपानेको एकल नाम सिफारिस गरेको हो । माडी नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा रहनुभएका एमालेका युवा नेता न्यौपाने एमाले अध्यक्ष के.पी. ओलीका प्रिय पात्र मानिनुहुन्छ ।
विज्ञापन २
यद्यपि केन्द्रीय स्तरमा एमालेले रा.प्र.पा.संग तालमेलको तयारी गरिरहेको अवस्था छ । एमाले र राप्रपाबिच चुनाबी तालमेल भएमा भने चितवन क्षेत्र नं. ३ मा राप्रपाका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेका लागि न्यौपानेले छाड्नुपर्ने हुनसक्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितप्रायः रहेको बताइन्छ ।
विज्ञापन ३