देश-प्रदेश खबर पोष्ट

प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रले चितवन ३ (ख) बाट ८ जनाको नाम सिफारिस

चितवन । प्रत्यक्षतर्फ प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले चितवन क्षेत्र नं. ३ (ख) बाट उम्मेदवारीका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

पाँचदलीय भागबण्डामा माओवादी केन्द्रले पाउने सम्भावना रहेको भनिएको यस क्षेत्रबाट उम्मेदवारी सिफारिस भएकाहरुमा सुर्य सुवेदी (पथिक), यम बहादुर परियार (इन्द्रजित), ठाकुर प्रसाद ढकाल, द्रोणबाबु सिवाकोटी, प्रभु प्रसाद महतो, सुमन बराल, गोपाल न्यौपाने र रामबन्धु पोखरेल रहनुभएको छ ।

त्यस्तै, क्षेत्र नं. ३ (क)मा भने अञ्जान तिमिल्सिना (संघर्ष), ऋषि चापागाईं र प्रकाश कँडेलको नाम उम्मेदवारीका लागि सिफारिस भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार