चितवन । आसन्न निर्वाचन अन्तरगत नेपाली काँग्रेसबाट माडीका २ जना प्रतिनिधीसभामा र ९ जना प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् ।
विज्ञापन १
काँग्रेसबाट समानुपातिकतर्फ संघीय प्रतिनिधीसभामा उम्मेदवार सिफारिस हुनेहरुमा काशी अधिकारी र शिवनारायण गुरौ रहनुभएको छ ।
विज्ञापन २
त्यस्तै, समानुपातिकतर्फ प्रदेशसभामा सबिता बराल, शोभाखर चापागाईं, छबिलाल भट्टराई, हरि प्रसाद पौडेल, हिमाल गुरुङ, शुक्रमिया महतो, कृष्णकुमारी पौडेल, शिवमाया भट्टराई र तिलक भुसाल उम्मेदवार सिफारिस हुनुभएको छ ।
विज्ञापन ३
काँग्रेसले माडीका कसैलाई पनि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छैन । क्षेत्रीय समिति बैठकबाट चितवन ३ (ख)मा लाल बहादुर दवाडी, साजन महतो र सुर्यमणि पौडेलको नाम सिफारिस भएको छ भने ३ (क)मा प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ ४० जनाको नाम सिफारिस भएको जनाइएको छ ।