मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

एमालेबाट चितवन ३ (ख)का लागि माडीका महिला नेतृ बिष्ट उम्मेदवार सिफारिस

  • A
  • A+
  • A++

चितवन । मंसिर ४ गते निर्धारित निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षतर्फ माडीका महिला नेतृ सरस्वती बिष्टलाई उम्मेदवार सिफारिस गरेको छ ।

विज्ञापन १

एमाले चितवनले क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नेतृ बिष्टसंगै खेम भट्ट, नरिनारायण पौडेल, शंकरराज थपलिया र सुदीप रेग्मीको नाम सिफारिस गरको हो । माडी ७ निवासी नेतृ बिष्ट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा एमाले बागमती प्रदेश कमिटि सदस्य हुनुहुन्छ ।

विज्ञापन २

यसैगरी, एमालेले प्रतिनिधी सभा सदस्य अन्तरगत समानुपातिक सुचीमा माडीका नेता शिवजी गायकको नाम सिफारिस गरेको छ । त्यस्तै, प्रदेश समानुपातिक सुचीमा भने नेताहरु कमल रामदाम र जगराम चेपाङ तथा नेतृ सरस्वती बिष्टको नाम सिफारिसमा परेको छ । नेतृ बिष्टको नाम प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया