चितवन । आसन्न निर्वाचन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख) समानुपातिकतर्फ माडीका नेत्र प्रसाद काफ्ले र अम्बिका लामिछानेको नाम उम्मेदवारी सिफारिस भएको छ ।
विज्ञापन १
नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख)मा माडीका युवा नेता काफ्ले र महिला नेतृ लामिछानेसंगै राजकुमार श्रेष्ठ, सुरेन्द्र गुरुङ, भैरव बस्ताकोटी, नन्दलाल दाहाल र पपगायक हरि तामाङको नाम सिफारिसमा परेको हो ।
विज्ञापन 2
तात्कालीन जनयुद्धका घाइते समेत रहनुभएका माडी-७ निवासी काफ्ले नेकपा (माओवादी केन्द्र)का माडी नगर सचिव हुनुहुन्छ । त्यस्तै, नेतृ लामिछाने विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न भई हाल फर्निचर व्यवसायमा समेत आवद्ध रहनुभएको छ ।