आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

निकुञ्जभित्र भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन मन्त्रालयको अनुमती

  • A
  • A+
  • A++

चितवन । निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन तथा वातावरण मन्त्रालयले अनुमती दिएको छ ।

विज्ञापन १

वन मन्त्रालयले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै नेपाल विध्युत प्राधिकरणको जगतपुर माडी ३३ के.भी. बिद्युत प्रशारण लाइनको भूमिगत सर्किट निर्माणको बाटो खोलिदिएको हो ।

विज्ञापन २

योसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक (दोश्रो) भूमिगत केबुल राख्न वन मन्त्रालय र निकुञ्जसंग जोडिएका सबै अवरोध वा अड्चनहरु हटेको माडीका निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

विज्ञापन ३

मन्त्रालयबाट स्वीकृति पाएसंगै पुरक ई.आई.ए. र टेण्डरको प्रकृया अगाडि बढाउन नेपाल विध्युत प्राधिकरणलाई बाटो खुलेको छ । भूमिगत केबुल राख्न प्राधिकरणले यसअघि नै बजेट विनियोजन गरिसकेको छ । हाल चालू रहेको भूमिगत केबुलमा पटक पटक समस्या आउँदा माडी क्षेत्रमा बिजुली अवरुद्ध हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया