चितवन । स्टार कप फुटबलको फाइनलमा माडीको चैनपुर फुटबल क्लब र भरतपुर-९ फुटबल टिम भिँड्ने भएका छन् ।
विज्ञापन १
बुधबार साँझ सम्पन्न दोश्रो सेमीफाइनल खेलमा भरतपुर-९ र रड्स क्लब रामपुर भिँडेकोमा २-० गोलअन्तरबाट भरतपुर ९ बिजयी भई फाइनल यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच भरतपुर ९ का अजय गुरुङ घोषित हुनुभयो ।
विज्ञापन २
यसअघि बुधबार दिउँसो हरियाली युवा क्लब सौराहालाई ३-१ ले पाखा लगाउँदै चैनपुर एफ.सी.ले फाइनल यात्रा तय गरेको थियो । स्टार स्पोर्टस् क्लब बरुवाद्वारा आयोजित सो प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो सञ्चालन हुने खेल संयोजक देव विश्वकर्माले जानकारी दिनुभयो ।
विज्ञापन ३