माडीको अमिलिया क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

1.48K

चितवन । बाघको आक्रमणमा परी माडीको भैरवपुरमा एकजनाको मृत्यु भएको छ ।

गाईबस्तु चराउन अमिलिया क्षेत्रमा पुगेका माडी-२, भैरवपुर निवासी अन्दाजी ५५ बर्षका सुरनारायण अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

चरनमा गएका गाईबस्तु साँझपख घरमा फर्किएपनि चराउन गएका अधिकारी घर नफर्किनुभएपछि खोजीमा गएको टोलीले बिहानपख मृत अवस्थामा भेटेको हो ।

बाढी र जनावरको आक्रमणका कारण अमिलिया बस्ती बिस्थापित भएपनि त्यहाँ माछापालन र चरनका लागि स्थानीयहरु पुग्ने गरेका छन् ।

SwadeshPost