चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो प्रतिनिधीसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेलाई एकल सिफारिस गरेको छ ।
विज्ञापन १
पूर्व मन्त्री समेत रहनुभएका निर्माण व्यवसायी पृष्ठभूमिका नेता पाण्डेलाई राप्रपा चितवनले जिल्लाको क्षेत्र नं. ३ मा एकल उम्मेदवारी सिफारिस गर्ने निर्णय गरेको हो । उहाँ यसअघि दोश्रो संबिधानसभा निर्वाचनमा माडी क्षेत्र समेट्ने तात्कालीन चितवन क्षेत्र नं. ५ बाट सभासद निर्वाचित हुनुभएको थियो ।
विज्ञापन २
त्यस्तै, प्रदेश सभा अन्तरगत प्रत्यक्षतर्फ चितवन क्षेत्र नं ३ क मा युवा नेता एवं पार्टीका बागमती प्रदेश सदस्य गिरीबहादुर तामाङ (ज्ञानुजंग लामा) र क्षेत्र नं. ३ ख बाट पार्टीका महिला नेतृ एवं वागमती प्रदेश सभा सदस्य रीना गुरुङलाई एकल सिफारिस गरिएको राप्रपा चितवनले जनाएको छ ।
विज्ञापन ३