मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेकपा सम्बद्ध विद्यार्थी संगठनद्वारा माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • A
  • A+
  • A++

चितवन । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

विज्ञापन १

संगठनका माडी नगर अध्यक्ष रुजित अर्याल नेतृत्वको एक समुहले माडी मंगलबार दिउँसो क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दी गरेको हो । यसअघि ४८ घण्टे अल्टिमेटम दिई क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु पेश गरेको सो संगठनले आफ्ना मागहरु पुरा नभई आलटाल भएको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

विज्ञापन २

संगठनले पेश गरेको ६ बुँदे मागपत्रमा क्याम्पसको खातावाट विभिन्न व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि मिलेमतोमा रकमहरु निकालेको आरोप लगाउँदै अभिभावक, बिद्यार्थी तथा विज्ञहरु रहने गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग रहेको छ ।

विज्ञापन ३

त्यस्तै, दोहोरो स्थायीको सुविधा खारेज हुनुपर्ने, हालसम्म नउठेको बोलचन्दा, भूमि तथा दान रकमहरु सार्वजनिक हुनुपर्ने, क्याम्पस सञ्चालक समिति गठनका लागि क्याम्पस सभाको मिति तोकिनुपर्ने, खरिद प्रक्रियामाथि छानबिन हुनुपर्ने र शैक्षिक तथा व्यवस्थापकीय समस्याहरुको दीर्घकालीन समाधान हुनुपर्ने माग रहेका छन् ।

तपाईको प्रतिक्रिया