मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

अपराध खबर पोष्ट

माडीको एक परिवार करोडौं रुपैंया लिई सम्पर्क बिहीन, आरोपितको घरमा स्थानीयले लगाए ताला

  • A
  • A+
  • A++

दर्जनाैं व्यक्ति र बैंक समेतबाट करोडौं रुपैंया लिई सम्पर्क बिहीन भएको भनिएको माडीको एक परिवारको स्वामित्वमा रहेको होटल सहितको घरमा स्थानीयले ताला लगाएको छन् ।

विज्ञापन १

परिवार सदस्यहरु सम्पर्कमा नरहेको तर होटलको मुल गेट खुला रहेकोले बसन्तपुर बजारस्थित सो होटलभित्र रहेका सामानहरुको सुरक्षाका लागि माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको रहोबरमा स्थानीयले ताला लगाएका हुन् ।

विज्ञापन २

होटलमा ताला लगाई त्यसको चाबी वडा नं. ३ कार्यालयलाई बुझाइएको छ । होटल सञ्चालक लक्ष्मीदेखि खनाल सहित उहाँको परिवार गत भदौ २४ गतेदेखि छरछिमेकीको सम्पर्क एवं होटलमा नआई सम्पर्क बिहीन रहेको बताइन्छ ।

विज्ञापन ३

सम्पर्क बिहीन सो परिवारले माडीका दर्जनौं व्यक्ति र बैंक समेतबाट करोडौं रकम ऋण, सापटी र ब्याजमा लिएर फिर्ता नगरेको आरोप लागेको छ । पैसा दिएको भनिएका व्यक्तिहरु हाल प्रहरी, प्रशासन र पत्रकारको सहयोगमा सम्पर्क विहीन परिवारको खोजीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया