चितवन । आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने भएको छ ।
विज्ञापन १
नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रुपमा विसं २०३० असोज ४ गते सो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले असोज ७ गते कसरामा औपचारिक कार्यक्रम गरी स्वर्ण बर्ष शुभारम्भ गर्न लागेको र महोत्सवमा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ ।
विज्ञापन २
चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत सो निकुञ्जमा गैँडा, हात्ती, बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, बाँदर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर संरक्षित छन् ।
विज्ञापन ३