मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

खेल र खेलाडी पोष्ट

माडी नगर तेक्वान्दो संघको अध्यक्षमा अन्तराष्ट्रिय पदक विजेता युवा खेलाडी सन्तोष मर्दनिया

  • A
  • A+
  • A++

चितवन । माडी नगर तेक्वान्दो संघको अध्यक्षमा युवा खेलाडी सन्तोष मर्दनिया चयन हुनुभएको छ ।

विज्ञापन १

चितवन माडी तेक्वान्दो डोजाङका प्रमुख समेत रहनुभएका मर्दनियाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति चयन भएको हो ।

विज्ञापन २

समितिको उपाध्यक्षमा दिप्सन मर्दनिया, सचिवमा अञ्जली दराई, सह-सचिवमा होमा हमाल र कोषाध्यक्षमा दिलिप चौधरी चुनिनुभएको छ । सदस्यहरुमा राजु बि.क., धीरज रामदाम, शिव सुवेदी र क्षितिज दिशुवा चयन हुनुभएको छ ।

विज्ञापन ३

माडीका तेक्वान्दो खेलाडीहरुको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । भेलामा माडी नगर खेलकूद तथा साँस्कृतिक समितिका संयोजक पुरन महतो, राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठ र माडीका खेल अगुवा नविन बस्याल लगायतको विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष चयन मर्दनीयाले थाइल्याण्ड, कम्बोडिया, भारत र नेपालमा सञ्चालित स्पर्धाहरुमा सहभागी भई ४ वटा अन्तराष्ट्रिय स्वणर्, ४ वटै अन्तर्राष्ट्रिय रजत र २ वटा अन्तराष्ट्रिय काश्य सहित दर्जनौं राष्ट्रियस्तरका उपाधीहरु पाउनुभएको छ । उहाँकै पहलमा माडीमा राष्ट्रिय र जिल्लास्तरीय स्पर्धाहरु सञ्चालन हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया